Skip to content

तिमीले भुलेका कथा

  • by


तिमीले भुलेका कथा आज फेरि पल्र्टाई हेरेँ
बिदाबारी हुने तिमी सँग आँखा यसो अल्झाई हेरेँ ।

केही मैले बोल्दा अघाएर मुखै अन्त फिराउँथ्यौ,
जतासुकै फिर्नु तिमी अब आफूलाई पन्र्छाई हेरेँ ।

न पर्खिएँ मैले न तिमीले थोरै समय दियौ,
बाँकी के नै अब छ र मोह सारा सल्काई हेरेँ ।

धारिला तिनै आँखाबाट दियौ जेजे पिएँ सबै,
पुग्यो यसैको नशाले मनैसम्म मत्याई हेरेँ ।

गयौ जब घुम्तीनेर नसोचेको सबै मलाई भयो,
मरिसकेँ कि थाहा पाउन आफैलाई हल्लाई हेरेँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *