चोट गहिरिदै छ, घाउ झन् बल्झिँदै छ
पाइला जति बढाउछु, उति अल्झिँदै छ
न त यहाँ डर हरायो, न त शान्ति छायो
बन्धन मूक्त नहूने कस्तो यो दिन आयो
न खुशी नै छ मन, न त स्वतन्त्र छ तन
जति प्रतिक्षा गर्यो उति दूख पर्यो झन।
न त अन्योल हटयो, न त संकटै टर्यो
बिकृति र बिसंगतिले गर्नू सम्म गर्यो
न त निस्चित लक्ष्य छ, न त अमनचैन
जिन्दगी रित्तिदै गयो छैन समाल्ने ऐन
