म अँझै कति मरूँ तिम्रो सम्झनाले
सक्दिन बाच्न अरु तिम्रो सम्झनाले
दुनियाँ पागल प्रेमी भन्छ मलाई,
हरवचनको घाउ भरु तिम्रो सम्झनाले
धेरै दिनहरू बितेर गए फेरि पनि,
म त्यहीँ खोली झरु तिम्रो सम्झनाले
यो जुनी पनि यसै यसै जानेछ साथी,
मजा छ पागलपन बरु तिम्रो सम्झनाले
मेरो ठेगान सोध्दै आउनु मेरो चिहानछेउ,
तड्पिएका हुन्छन् यादहरू तिम्रो सम्झनाले
मलाई कुनै महान बन्नु छैन है,
म जे चाहु त्यहीँ गरुँ तिम्रो सम्झनाले।
