एकार्कामा छुटियौ, केहि गुनासो छैन।
अरु जस्तो स्वार्थीमाँया, लगाउने म हैन।
म मरुँला तर एउटा, बाचा दिने छु म।
तिम्रै पहिलो सन्तान बनि, जन्म लिने छु म।।1।।
सँगै जिउने सँगै मर्ने, कसम खाएका छौँ।
कुल देवता साक्षी राखि, मायाँ लाएका छौँ।
खाएको कसम भुल्ने, म बेमानी हैन।
यो जुनीमा सँगै जिउने, बिकल्पनी छैन।
तर तिम्रै सन्तान भए, सँगै जिउन पाँउछु।
तिम्रो मायाँ दशधारमा, रुँदै पिउन पाँउछु।
त्यसैले त मर्नै पर्छ, बाचा दिनेछु म।
तिम्रै पहिलो सन्तान बनि, जन्म लिनेछु म।।2।।
मेरो श्वास जाँदा तिम्रो, पाईला ठोकिएला!
मेरो लास घाट झर्दा, आँशु नरोकेला।
तर नरोउ सत्य कसम, फेरी भेट हुन्छ।
तिम्रो प्रेमि तिम्रै काखमा, लोरी सुन्दै रुन्छ।
आफ्नो भाग्य आफ्नै हुन्छ, कसले तोक्न सक्छ?
तर तिम्रो सन्तन बन्न, कसले रोक्न सक्छ?
सत्य कसम धरोधर्म, बाचा दिनेछु म।
तिम्रै पहिलो सन्तान बनि, जन्म लिनेछु म।।3।।
