कति बद्’नाम हुनेछौ म जस्तै, तिमी पनि एक दिन
धुरु धुरु रुनेछौ म जस्तै, तिमी पनि एक दिन
मेरोनाम मेटाउन जति कोशिस गरतिमि बचुन्जेल
आँशुले मुख धुनेछौ म जस्तै, तिमी पनि एक दिन
जतिसुकै आँखा तर्दै हिंड आज दुनियाँलाई
झुकेर पाँउ छुनेछौ म जस्तै, तिमी पनि एक दिन
जिउने मर्ने जिन्दगीको दोधारमा पर्दा आफैं
आँसु बनी चुनेछौ म जस्तै, तिमी पनि एक दिन
अजर अम्मर नठाँन भो त्यो आफ्नो जिन्दगीलाई
मरेपछि कुनेछौ म जस्तै, तिमी पनि एक दिन
डिल्ली प्रसाद खराल♥घायल♥
बिरेंद्रनगर चितवन,
हाल:मरुभूमिको छाती दुबई”
