निस्तब्ध सुन्सान रात,
आकाशका ताराहरूको साथ,
धर्तीको मध्यभागमा एक्लै एक्लै बसेर
कोरिरहेको छ कविता
यौटा कवि
जब काटेर पट्यारलाग्दा दिनहरूलाई
रातको पहिलो प्रहरमा
भेट्छन् आकाशका ताराहरूले
सिंगार्छन् धर्ती सिताराहरूले
उ, सम्झन्छ
प्रेयसी बनेर ताराहरू
उस्लाई नै पर्खिरहेका छन्
त्यो अँधेरी रातमा
अनि वर्षाइरहेछन् प्रेमधाराहरू
भिजाइरहेछन् आफ्नो प्रेमीलाई
थोपा थोपा शित वनेर
तर,
तर विलाउनेछ त्यो भिजेको तन
फेरि सुख्खा सुख्खा बन्ने छ उस्को मन
जब
उषामा उदाउने छ रवि
त्यसैले,
वेदनामा तड्पिरहेछ
यौटा कवि
आकाशका हरेक ताराहरूले
स्पर्श गरिरहेछन्, अँगालिरहेछन् अनि चुमिरहेछन्
उस्को मनलाई
छोइरहेछन् उस्को अन्तष्करणमा
ऊ भित्रका प्रेमील बाढीहरू
उर्लिरहन्छन्
तिनै त्यही सपना र कल्पना र भावनाका
बाढीहरूलाई छेकेर
निर्माण गर्छ एउटा सुन्दर शव्दतलाउ
र बनाउँछ प्रेमको अर्को एउटा नयाँ छवि
हो त्यस्तै छ त्यो कवि
ऊ एक्लो छ
फगत एक्लो
हरेक रात, मात्र छेऊको मैन वत्ति
र वरिपरिका जुनकिरीहरूले दिइरहेका हुन्छन्
उस्को साथ
डायरीका पानामा कलम डुलाउन,
शव्दको छाप हान्न
आफ्नै तन बालेर
उज्यालो दिइरहेको मैन बत्तीको
मन भत्भत पोलिरहेको छ
कवि प्रति सयौं प्रश्न बोलिरहेकोछ
तर ताराको प्रेममा एकोहोरो भाव खोलिरहेको छ त्यो कवि
छेउको दियो
अँधेरो चीरेर
उज्यालो प्रकाश दिन्छ
जस्को सहायताले लेख्छु
ताराहरूको वर्णन गरेर कविता कुँद्छु
र कवि वन्छु
वरि परि चम्किरहेका जुनकिरीहरू
मेरो कविता शृंगार्ने शृंगार हुन्
म लेखिरहँदा
मैले तारालाई कल्पेर वर्णन गरिरहँदा
हरतरहले मलाई सहयोग गर्ने त्यही दियो
अनि ताराहरूभन्दा सुन्दर
रंगले चम्किरहेका जुनकिरीहरूले
आज सचेत गराउँदैछन् मलाई,
ताराहरू
ती तिम्रा प्याराहरू
हैनन् तिम्रा याराहरू
तीन्को स्वभावहो धर्तीतिर हेर्ने
सुन्दर देखिने
ध्र्तिलाई भिजाउने
त्यहाँ तिमी हौ या नहौ
ती ता चम्किरहन्छन्
हरेक रात
पोखिइरहन्छन्
शित बनेर धर्तीमाझ
भो नहेर वैंशालु आँखाले त्यो आकाशमा
भो नबुन सपनाका सुन्दर महलहरू
ती तारालाई कल्पेर,
बरु यता हेर
म सदा तिम्रो जीवनमा
प्रकाश छर्ने
दीप बनिरहन सक्छु
म सदा तिम्रा रातहरूलाई
यसरी नै चम्काउन सक्छु
भो नहेर त्यो आकासमा
भो नलेख ती ताराहरूका कविता
खगिन्द्रा खुसी
सन्चार कर्मी
झापा
