Skip to content

बिचित्रको यो देश


यो
देश,
अनि यो शहर सारै नै बिचित्रको छ ।

योभन्दा पनि बिचित्रको छ,
यहा को भोक, रोग, शोक र लोकचारितामा मस्त
कोल्टे फेर्न सफल
यहाँका भक्तजनहरू
र
र
उहाँहरूका पूजनीय देवी र देवता

जहाँ
सेवा नामक पवित्र मन्त्र को आड मा,
लोकतत्र नामि मन्दिरको गद्दीमा आसन गरी,
लाचारीपन र बाध्यताको सक्दो उपभोग गरिन्छ,
बोली र गोलि रुपि अस्त्रले कम्पन ल्याइन्छ समाजमा,
आदर्श नामि त्यो नाबाल को कलिलो मस्तिष्कमा कोलाहल उत्पन्न गराइन्छ ।

तोते बोली को सम्भावित खतरालाई मध्यजर गरिu निमोठिन्छ गला

निर्मम्ता पूर्वक चढाइनछ बलि ।

अनि
अनि
निरंकुशताले विजय को सक्दो बिगुल फुक्नु फुकछ ।
तानशाहले सफा आकश ढाक्दछ र
रक्तरुपि वर्षा हुन्छ
बाडि आउछ अनि बगाउछ

बगाउछ ती सभ्यता र सभ्यताका रक्षकहरूलाई

तर
तर
चुप हुन्छ समय
लाटा र
बहिरा हुन्छ्न् सत्यताका बाचकहरू
मुक्दर्सक हुन्छन् ती अदर्शका पुजारीहरू

रुजदैन कोही त्यो वर्षामा
बगाउदैन कसैलाई त्यो बाडिले

आखिर
किन त

किनकि
यस्तै छ यो देश
यस्तै छ यो शहर ।

1 thought on “बिचित्रको यो देश”

  1. सुझाव
    केही तसुझाव तथा प्रतिक्रिया भएको खण्डमा comment गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *