धेरै वर्ष आँखा जुधे बल्ल पाहोर हाँस्यौ तिमी
पोको पारेँ हाँसो मैले, पराई माया गाँस्यौ तिमी ।
अति सोझो भनी मलाई यस्तो आरोप लागेको छ कि ?
भेट गर्न तिमीसँग भित्री आँत जागेको छ ।
मेरो फिराद कहाँ हालौँ ? कस्को त्यो अदालतमा ?
बयान मैले कसलाई दिऊ ? कस्को त्यो अदालतमा ?
तिमीलाई पाऊँन हेर देवीदेउता भाक्छु
बडारकुँडार गरी मनमा तिमीलाई नै राख्छु ।
जान्दिनँ कि सजाउन मेरो मनको मन्दिरमा
इच्छा गरी आँटेको छु मैले अब जन्जिरमा ।
(रचनाः २०६६ बैशाख १)
-पेशल आचार्य
