भन न जुन भन न हे तारा, तिमीले त देख्यौ कि आमालाई।
भन हावा भन न हे बादल, तिमीले पो भेट्यौ कि आमालाई।
बिदा माग्न शिर पाउमा झुकाँउदा, रुँदै भन्थि खुसीहोस्, राम्रोहोस्।
आँशु खस्दा आमाको पावैमा, छुँदै भन्थि भाग्यले नहारोस्।
आँशुसँगै मायाँलाई भिजाई, आशिष भन्दै निधारमा थमाँउदै।
ओठैबाट मनैलाई भनेथी, हिँडे बाबु सुखले रमाँउदै।
के गर्दै छिन् रुन्छिन कि हाँस्दै छिन्? तिमीले त देख्यौ कि आमालाई।
भन हावा भन न हे बादल, तिमीले पो भेट्यौ कि आमालाई।
झुपडिले थाम्यो कि थामेन! बर्खे झरि, आमाको आँशुलाई?!
अगेनामा बल्यो कि बलेन, काँचो दाउरा, आमाको भोक खै!?
दियालोले देख्यो कि देखेन! अँध्यारोको आमाको आँशुलाई?
दैलामाथि झुण्डेको छाँयाले, आमाको मन बुझ्यो कि बल्झ्यो खै?
कोहिले त भनिदेउ बताईदेउ, उसले पो देख्यो कि आमालाई।
भन हावा भन न हे बादल, तिमीले पो भेट्यौ कि आमालाई।
