तिमीले पाएको मैले चाहेको
तिमीले लिएको मैले लाएको
तिमीले गराएको मैले गरेको
तिमीले रोजेको मैले खोजेको
तिमीलाई बुझाइएको मैले बुझेको
अनि भन
क्षितिजकी रानी कहाँबाट
हाम्रो समान्ता रहन्छ ।
तिम्ले लाएको तिम्ले चाहेको
तिम्ले बुझेको तिम्ले खोजेको
जस्तो कहाँ हुन्छ प्रेम ।
म जङ्गलको धुपी तिमी आगनको कपुर
म पाखा पखेरु तिमी समथर भूमि
अनि आफै भन सुनपरी
कहाँबाट रहन्छ समान्ता ।
तिमी कपुर सुगन्धित म धुपी ख्रसो
तिमीका कि रुपवति मिलेकि मका को कुरुप उजाड
तिमी आफै भन
अब कासरी हुन्छ प्रेम ।
म खोल्साको किनार तिमी समुद्रतट
म गनाहुने गन्धे फुल तिमी बाँस आउने अक्तर
म चुडिन लागेको नाम्लो तिमी मजबुत बरियो
अनि भन
मृग नयनी
कहाँबाट हुन्छ समान्ता ।
तिमी समुद्र तट सुगन्धित अक्तर फूल
तिमी बलियो बरियो तिमी सर्बपरि
अनि
तिमी आफै सोच
ए मोतरमा कसरी हुन्छ प्रेम ।
