Skip to content

बन्दले जलेका मनहरू


४१ औ दिन बिते तराई बन्द,
फाटफुट खुल्छ पसल, गाडी गुडेन
स्कुल बन्द, कलेज बन्द छ
स्कुल जाने विधार्थी निर्धक स्कुल जान पाएन

बन्दमा गाडी जले, मोटर साईकल जले
नेताले बन्द गरेर माग पुरा गराउने प्रवृति जलेन
नेपाल बन्द गराउने नेता नेतै सव भए
बन्दको उपहास गरेर नेतृत्व गर्ने कोही देखिएन

हे सरकार तराई ४१ औ दिनसम्म कसरी बसे फर्केर हेर?
कठपुतली नेताको अडान तोड या त हामीलाई नै मार
घरमा अन्न छैन रात काटन मुस्किल छ
काम गर्न तम्सिदै गए बाहिर हडताल छ

भोकसँग लडने मिहनेत नै मजदुरका औजार हो
पद र ओहदा कहिल्यै भएन
एक दिन दुई दिनभन्दा भन्दै महिनौ वित्यो
अँझ पनि बन्द र हडताल अँझै गएन

टीकापुर जले, भारदह जले बन्दको रापमा
जले देशका भुभागहरू,
सडक गुडने राजमार्गहरू रण मैदान बने
जले नेपालका निश्चल मनहरू

रक्षक भनिने पुलिस पनि भीडबाट मारिए
भविष्यका कर्णधार बालक पनि खै कसरी मारिए
तर पनि तराई शान्त हुन सकेन
विरोधको भाषा बुझने कुनै मन्त्र नै भएन

विरोधको सम्मान गर्न सिके विरोध कम भइन्छ रे
एक नेपालले अर्को नेपालीको भाव बुझे आफन्त भइन्छ रे
तराई बन्दको रापमा जलिरहदा अरु खुशि हुने कुरो होइन
नेपालका अंग तराई कष्ट भोगिरहदा चुपचाप बस्न हुनन

स्वार्थले लतपतिएका नेताको चालचीपनले जन्ताले दुख पाउदैछन
हम्रो भूमिमा गिद्ध आँखा ताक्ने दुष्टहरू भित्र भित्रै हास्दैछन
भो तराइका जन्ता थेग्न नसक्ने बन्द र हडताल भो
माग पुरा गराउने अर्को पनि बाटो रोजनु पर्ने भो

बन्दको रापले जलिरहे छ नेपालीजनको मन,
तर नेता भनाउदाहरूको हुकमीपन जलेन
जन्तालाई घेरामा राखेर अधिकारको भाषण गर्ने
नेताको व्यवहारमा अँझै परिवर्तण भएन

नेता ज्यु, बन्द हडतालको ढोका बन्द गरेर
स्व विवेकको ढोका खोलौ
नेपालीजन नेपाली भूमिको पुकार
अब कान खोलेर सुनौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *