देश आफू रोएको होइन रुवाइएको हो
कहिले राणाको नाममा रोयो
यो देश कहिले शाहाको नाममा रोयो
कहिले सुखानीमा रोयो
कहिले लम्जुङ्गमा रोयो
कहिले मुक्तिनाथ भएर रोयो
कहिले कृष्णसेन भएर रोयो
कहिले नन्दप्रसाद भएर सिकुवामै रोयो
अहिले मधेश भएर रुँदैछ
र जति पनि रुवाइहरू रोइए
जित्नेहरूले रुवाए
अनि सरले पढाएको इतिहास
मेरो मष्तिस्कमा रोपियो
इतिहास जित्नेको मात्र लेखिन्छ ।
