तिम्रो खुसी लुट्न कहाँ सक्छु र म जानी जानी
सिसा जस्तै फुट्न कहाँ सक्छु र म जानी जानी
उस्ले जस्तै मैले पनि गर्नु पर्छ भन्ने छैन
आफ्नै छाती चुट्न कहाँ सक्छु र म जानी जानी
विन्ती हजुर आफ्नो मान्छे आफ्नै हुन्छ अरूभन्दा
आफ्नैसँग छुट्न कहाँ सक्छु र म जानी जानी
स्वाभिमान गुमाएर बाँच्नेको के अर्थ होला
प्रतिष्ठा यो भुल्न कहाँ सक्छु र म जानी जानी
बरू ग्यास चाहिँदैन फैलाउदिनँ हात पनि
भारतसँग झुक्न कहाँ सक्छु र म जानी जानी
विक्रमको बहादुरी देख्यो भने मुर्छा पर्ला
भारती म हुन कहाँ सक्छु र म जानी जानी
बेथान -४- रामेछाप
हाल – उदयपुर
रचना मिति- २०७२/०७/१३ गते
