कहर नपाएर खस्किएको अवस्था छ ।
नाम नपाएर झस्किएको अवस्था छ ।
यथास्थितिले नाप्पिएर डोर्याएकोले गर्दा,
पिरतीको खेलमा मस्किएको अवस्था छ ।
जस्तै गरे पनि साहित्य नजुरेकोले गर्दा,
हरेक पल सधैँ चस्किएको अवस्था छ ।
वेगले गति लिनुपर्ने भएर के गर्ने,
लमक लमक लस्किएको अवस्था छ ।
ठेलीका ठेली लेखेर मात्रै के गर्नु र !
निस्तो भात जस्तो पस्किएको अवस्था छ ।
२०७२ कार्तिक १८
विजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com
