झुक्दैनन् नेपाली कसैसँग झुकाउने कोशिस नगर
समुद्रका अबिरल छाल हुन् सुकाउने कोशिस नगर
नाकाबन्दी गर्यौ किन गल्ती हाम्रो छैन कुनै
एउटा असल छिमेकीलाई दु:खाउने कोशिस नगर
अमरसिंह,भक्ति थापा वीरहरूका संतान हामी
हिमाल जस्तै अटल छौं नुघाउने कोशिस नगर
कति गर्छौ झुटको खेती बुद्ध जन्मे यही धर्तीमा
सत्य कहिल्यै छिप्दैन लुकाउने कोशिस नगर
छाड्ने छैनौं एक इन्च भूमि थोपा रगत रहेसम्म
जंगे पिलर हाम्रै हो फुटाउने कोशिस नगर