Skip to content

छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ

छाती चिरेकै थिएँ पीडा सहेकै थिएँ
साेच्दै न साेची मिठाे माया गरेकै थिएँ ।।

माेडेर बाटाे गयाै गाली गला‌ैचा गरी
खाेलेर ढाेका यहीँ बासै दिएकै थिएँ ।।

धाेका दिनेकाे यहाँ ठूलै छ चर्चा पनि
दाेषी म अाफैँ भएँ अन्धाे बनेकै थिएँ ।।

मुर्दा सरी जिन्दगी बाँचेर संसारमा
हुन्छ्याै अकेला तिमी चाँडै भनेकै थिएँ ।।
*****
विक्रम पवन
बेथान-४- रामेछाप
बहर-बसीत
रुक्न :- २२१२-२१२-२२१२-२१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *