गिनिस बुकमा सबैभन्दा बृद्धको पगरी गुथ्न सफल १०४ वर्षीय सनत् नामक बृद्धलाई सो गिनिस बुकका टोलीले प्रमाणपत्र दिन आए ।
टोलीका एकजना :– “हामी तपाईंलाई प्रमाणपत्र दिन आएका । एउटा कुरा सोधुँ है बाजे ? हैन तपाईं यसरी १०४ वर्षसम्म दीर्घ आयु बाँच्न सक्नुको प्रमुख कारण के हो ? मलाई लाग्छ तपाईंले रक्सी, धुम्रपानजस्ता कुनै पनि कुलत गर्नु नभएर होला हैन त बाजे ?”
यत्तिक्कैमा पल्लो कोठाबाट अर्को बृद्धको आवाज आयो :–
“मेरो प्यारो छोरा सनत् बाबु ! त्यहाँ मैले चिलिममा तमाखु बनाएर राखेको थिएँ, ल्या त । अँ अनि बोतलको ह्वीस्की पनि छ त्यहाँ त्यो पनि ल्या । आफूलाई त सधैँ रिलाक्स गर्नुपर्ने हुन्छ ।”
२०७२ मङ्सिर १७
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
