हिउँको चिसोले कठ्याङ्ग्रिएको कोरियालाई नेपाली कवि, गजलकारहरूले आफ्ना साहित्यिक सृजना मार्फत तताउने भएका छन्। यही डिसेम्बर २७ तारेखका दिन नेपाली साहित्य समाज दक्षिण-कोरिया (नेसास) र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कोरिया च्याप्टर (अनेसास)को संयुक्त आयोजनामा ‘हिउँद कविता २०१५’ नामक साहित्यिक कार्यक्रम हुने भएको हो। कार्यक्रम दक्षिण कोरियाको थेगु शहरमा आयोजना हुनेछ।
बिहान ठिक ९ बजेदेखि शुरु हुने भएको यो कार्यक्रमलाई दुई भागमा बिभाजन गरिने भएको छ। पहिलो चरणमा नेपाली कविताको वर्तमान अवस्था, प्रवासको साहित्य र यसलाई हेरिने दृष्टिकोणका बारेमा अन्तर्क्रिया हुनेछ। अन्तर्क्रियामा कवि रमेश सायन र कवि प्रमोद सारङ्गलाई कवि जीवन खत्रीले सहजीकरण गर्नेछन्। अन्तर्क्रियामा वर्तमान नेपाली साहित्य र नेपालीको कविताको मूलधारमा रहेर दर्शकदीर्घाबाट उठेका जिज्ञासाहरूको समेत समाधान खोज्न प्रयास गरिने नेसास कोरियाकी अध्यक्ष्य कल्पना राईले बताइन्।
कार्यक्रमको दोस्रो चरणमा कोरियाली कवि तथा नेपाली अग्रज कविहरूको आतिथ्यमा उपस्थित सबै साहित्यकर्मीहरूका कविता वाचन गरिने भएको छ। कार्यक्रममा कविताका अलावा गीत, गजल, मुक्तक, हाइकु लगायत छोटो समयमा सुनाउन सकिने सबै बिधालाई उत्तिकै स्थान दिने जानकारी गराइएको छ। कार्यक्रमलाई दुई चरणमा बिभाजन गरेर बौद्धिक बहस समेत गरिने भएकाले यस कार्यक्रमलाई विशेष रुपमा हेरिएको छ।
केही महिना अघि कोरियामा रहेका कविहरूले ‘वसन्त कविता २०१५’ नामक कार्यक्रम आयोजना गरेका थिए। ‘त्यही कार्यक्रमको सफलताले उक्साएर ‘हिउँद कविता २०१५’ आयोजना गर्न लागेका हौँ’ कार्यक्रमका अर्का आयोजक अञ्जान काँइलाले भने।
केही अघि नेपालमा गएको प्राकृतिक महाविपत्ति भूकम्पले धेरै धनजनको क्षति भएको थियो। उक्त समयमा पनि यहाँका नेपाली साहित्यकर्मीले सहयोग अभियाननै चलाएर आर्थिक सहयोग संकलन गरी पीडितहरूलाई पठाएका थिए। हाल पनि नेपालकाप्रति भारतले गरेको अघोषित नाकाबन्दीले देशमा अनेकौँ कष्ट बढिरहेको छ। यसले मानवीय संकट पैदा हुने संभावना पनि उत्तिकै छ। यस्तो अवस्थामा प्रवासमा रहेका साहित्यकर्मीहरूका माझमा हुने यस्तो खालको कार्यक्रमले नेपाली साहित्यकर्मीहरूका बीचमा राष्ट्रिय एकता जगाउन समेत उत्तिकै सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा कोरियामा रहेका नेपाली बिद्दार्थीहरू, समाजिक संघसंस्थाका प्रतिनिधीहरू, राजनैतिक व्यक्तित्वहरू, गैह्र आवासीय नेपाली सँघका पदाधिकारी तथा सदस्यहरू, व्यावसायिहरू, रोजगारीको सिलसिलमा आएका व्यक्तिहरू लगायत नेपाली साहित्यलाई माया गर्ने सबैलाई सकभर खबर गरिने र खबर पुग्न नसकेमा यही समाचारलाई आधार मानेर उपस्थित हुन समेत आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमलाई अनलाइन रेडियो ‘रेडियो हिमालय’, रमाइलो डट कम, र यूट्युबबाट संसारभर प्रत्यक्ष्य हेर्न र सुन्न सकिने ब्यवस्था गरिने जानकारी गराईएको छ। त्यस्तै फोनिजकोरिया डट कम मिडिया सहयोगीको भूमिका निभाउने भएको छ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि
१, प्रमोद सारङ्ग – 01068748504
२, कल्पना राई – 01059697010
३, खगेन्द्र पराजुली -01021426840
४, मणि भुसाल -010-64425453
५, नविन नेपाल – 01048354487
६, मिलन किराती – 01059426533
७, अज्ञात पाल्पाली -010-8696-2025
८, लबकुश माल्टालि 010-4965-8922
९, लोकेन्द्र गुरुङ – 01068499205
१०, देव सागर – 01068495538
