कागजकै खोस्टो होस एकै थान चाहियो भन्यौँ ।
अरु सबै थाती राखेस संविधान चाहियो भन्यौँ ।
आए पछि दस्ताबेज सबै आयौँ औकातमा
कसैलाई हक कसैलाई पहिचान चाहियो भन्यौँ ।
आफ्नै भाइ मार्न खोज्दा मरेका थे’अपराधी
तिन्कै लागि पनि सरकार ! लाखौं दान चाहियो भन्यौँ ।
उनीहरू पहिले नै जान्दा रैछन नाटक खेल्न
हाम्ले पनि जे बोल्या थ्यो त्यो रटान चाहियो भन्यौँ ।
चुल्हो चिसो अगेनामा सिन्को छैन सल्काउनलाई
हामी वीर हौँ झुक्ने छैनौं स्वाभिमान चाहियो भन्यौँ ।
