कहिले भूकम्प त कहिले बन्दले सताउँछ किन ?
ग्याँस छैन चुलो छैन कही अताउँछ किन ?
कहिले बैठक त भारत धाउन ठीक्कै हुन्छ नेतालाई
सीमानाको त कुरौ छैन इन्धन अनि तेल कटाउँछ किन ?
आकासको भरमा जीवन गुजरा हुन्थ्यो
जनताको आस कहाँ संविधानले बताउँछ किन ?
भो, भैगो नरसंहार हुन्छ भने संविधान के लागि
भोक भोकै छन कर्णालीबासी खाली अटाउँछ किन ?
कहिले भूकम्प त कहिले बन्दले सताउँछ किन ?
ग्याँस छैन चुलो छैन कही अताउँछ किन ?
गोविन्द बहादुर विक
रकु ४ सेरीज्युला
