Skip to content

चार मुक्तक (दिन दिन कति भुक्ने)

ChudaManiRegmi


१)
दिन दिन कति भुक्ने आफू सोझो फलाक्ने
अतिशय चतुरामा लौ गने गन्न मान्ने
हुन पनि म त लाटो वक्क छु लौ कहाँ र
चतुर जब कसैले भन्छ स्यावास भन्ने

२)
दिन दिन कति दुख्ने घाउ बोक्तो छ मान्छे
म पनि त कति वोक्ने एक सामान्य मान्छे
यस समय म तिम्रो घाउ सम्झेर दुख्ने
किन किन किन ? भन्दै चोटले ग्रस्त मान्छे

३)
आफ्नो ज्ञान लुकाउ भव्य हुनकै चिन्ता यहाँ नै गरे
टुप्पोमा पनि पुग्दछौ अघि बढी सम्पत्ति थुप्र्याउँछौ
कस्तो मार्ग चुन्यौ ?अचम्म पछि नै वस्ने सधैंं सोच्तछौ
यस्तो मार्ग चुनेर के हुन गयौ कस्तो हुने पो थियौ

४)
मेरो तारेफ गर्दा मनमन म सधैं झुक्कियो यो म भन्थें
भन्दा भन्दै अनेकौं पटक नि अरुको लौ प्रशम्सा अचम्मै
यो मान्छे मामुली हो तर पनि किन हो यो छ सोझो भनेरै
निक्कै पाएँ प्रशम्सा तर पनि हितु हो सत्य सामान्य मान्छे

Leave a Reply

Your email address will not be published. Required fields are marked *