Skip to content

नखोज भो दायाँ बायाँ, तिम्रै धड्कनमा छु

  • by


नखोज भो दायाँ बायाँ, तिम्रै धड्कनमा छु
नपत्याए हेर मनको, त्यही आँगनमा छु

वषर्ा बनी रुझाउँछ, तिम्लाई पानीले नि’
पानीले झैँ जिस्काएर, भाग्ने पवनमा छु

ताराहरूबीच तिमी, जूनझैँ छाउँछ्यौ
म पनि त त्यहीँ कतै, नील गगनमा छु

भोग्नै पर्छ हर चक्र, जिन्दगीको सबले
र त दुःख, सुख हाँसो, अनि रोदनमा छु

Leave a Reply

Your email address will not be published. Required fields are marked *