बहुत राजमा उल्झिँदो अजीव मनोहर
बृहत् अाहटमा बोलावट रह्यो निरन्तर
पण्डित्याइँ प्रहशनले श्री गणेश जो गर्दो
पुलकित सासमा कण्टिकाको हवन भर्दो
मांसपेशी हाडमा लाल छल्कि स्नायुले बोल्यो
मारुतले रेशम हाली मनमस्तिष्क खोल्यो
चिच्याहटले मसिनु तबरले बोलाएथ्यो
चिर्बिरमा मोहनी रुप सौजन्य डोलाएथ्यो
सुनौला रानीका बोक्राले काँचुली फेरिदिन्छिन्
सिलित्तमा सप्तरङ्गी फूलबुट्टा केरिदिन्छिन्
फन्के रोटी बिस्तार फन्केर फनक्क फनक्क
फूल काँडा लगाउँछन् लालि लपक्क लपक्क
बाङ्गा टिङ्गा पथकर लिङ्गा लचक्क लच्केर
बेहिसाबिला शुत्र चढाउँछन् नसा चम्केर
एक राग थ्यो अनेक राग अाइ कसो बस्यो
एैना झैँ छाया देखाएर दुवैका बन्धन कस्यो
बिजुलि छिर्का तिरमिरेमा तार बजाउँछ
बिरङ्गना एेचेतना दिवाना झैँ सजाउँछ
मुनाफिला सफर रङ्गिला तय को गर्दो हो ?
मसिना इच्छामा कटाएर जुनि को गिर्दो हो ??
तिलले पहाड पहाडले तिल सजाउँछन्
तपस्वी गीत हाल्छन् संगिनी नाच जमाउँछन्
दिव्य दिवगंना कटुमा मुलायम फेँकेर
द्रव्य पिरती जाँदो हो मन्द मुस्कान टेकेर
मनुष्य अवतार ईश्वर भुवनमा अाछन्
मितेरी उद्गार मस्त प्रणय चाल चलाछ्न्
उद्गार हिर्दयका फुकेर फक्रक्क फक्रन्छ
उदाएर अादित्य पुन निभि भोर पर्खन्छ
कपुरले सजाएर वदन जुन् मगाएथ्यो
केशरी लोकमा लोकेशले यहि रचाएथ्यो
खण्ड खण्डमा मण्डित रोचक सलिला चल्छ
खुवाएर अधर चोलाका धड्कन मचल्छ
ज्ञानी या अज्ञानीले यिनै चमत्कार गर्दछ्न्
ज्ञाता यौटा वाचाल अर्का लाटा रेखि भर्दछन्
लकिरका सादा पन्ना बाङ्गा या सिधा पल्टन्छ
लकिरका बनोट मान्छे यै राजमा अल्झन्छ
