मान्छेको सोच सिमापार छ।तरङ्गी छ मान्छे ।कल्पनाको समतलमा हमेशा तैरिरहन्छ मान्छे।यही सफेद सत्य हो।चरीको प्वाँखमा जादूको सुस्केरा भेट्छ मान्छे अनि अाफूलाई त्यही अनुरुप ढाल्नको अौचित्य खोज्छ।यस चैतन्यको ठोस उन्माद सायद परमेश्वरलाई अवगत होला।लतारिनु फुलबुट्टे कमि हो जसले जमिनको रहस्यलाई उन्मुख बनाउछ।यो सानो क्षुद्र यहीँ कतै छिपेको छ।म चरीको प्वाँखमा हैन विचारको प्वाँखमा डुबुल्की लिने पागल हुँ।त्रुटी मेरो नासो सरि छ।मेरो मगजमा गिदीको सट्टा ताराङ्कीत जडानहरुले हक जमाएका छन्।मलाई चैतन्यको स्वरुप कस्तो छ भनेर नसोध।म निरुत्तर छु।स्वच्छन्दता यही नभएर के हो त।मिठास केलाई भन्छौ तिमी?रसमा के तिमी अाकार देख्छौ?वायुको उच्च वेगमा अनन्त बहाव छ मेरो।म समिरलाई स्पर्श गर्न चाहन्छु।मेरा कल्पना जादूयी तबरले व्योममा घुलेको देख्छु।सामुन्ने अजंग बादलका छिट्टा देख्छु।रश्मि पच्छाउँदै छिन् मलाई।मूर्खको स्वरुप भएछु।म तरल हुँ।विचारन्मुख परिभाषा मेरा कलाप हुन्।बाँच्नुको अर्थ हुन्।कुनै शक्तिको मलाई हठास् छैन कि मेरो बन्धन मिटाअोस्।अमर र अजर छ।मेरो मनको उडान सिन्धुबाट ब्रह्माण्ड उपर छाउँछ।यो मेरो सत्य हो र यसको तीतोको म सौखिन हुँ।म अालाप हुँ कि हैन अाफै गौर गर्नु।मेरा इन्द्रियहरु कमजोर छन्।त्यसैले मलाई छैँटौको जरुरत छ।सायद यो नै मेरो कलाप हो।अनि म यसैमा माछो र चरी सरि उडान भर्छु।
उर्लिएको भेल छ।उही भेलको बहाब छ।अनि उही बहाबमा सास छ।म म नै छु।म मा पुलकित खामोसी छ।मेरा नसाका जडानहरुमा दधिचिले ताकत भर्दछन्।हो,रोशनीको रङ मैले देखेको छैन।सायद कैले देख्तिन।भुमण्डलीय मोह हो म मा।ब्रह्माण्ड मेरो सोच।हँसाइ र रोदनको विचित्र बेग्लै सत्य छ।त्यही सत्यको एक फिलिङ्गो चोर्ने मेरो चाहना।मेरो बाटो सुनसान छ।किन्तु उम्दा पहाड छन्।तब तमेरा रौँ उसै ठाडा बन्दछन्।कुनै मुना हेर्छु,सूक्ष्म एक मुस्कान फ्याक्छु।अहो,मिठा अनि तिता मुस्कान।मलाई देखि जब कोही हाँसेर मेरो स्वागत गर्छ तब मेरो बाटोमा प्रकाश पर्दछ।मेरो हारै हारमा जित छ।म किस्मतलाई जित्न हिँडेको तैनाथ सिपाही।कुसुमको अधर छ,अविरल जादू छ,उही कृष्णका मोहनी छ जसमा अचम्मित अाँकुरा अँकुरी बोकी हिँड्ने बिलिन छ।म बिलिनतामा स्पष्टता।मेरो अँधेरीमा झुल्काइ छ।अँधेरी अातुर धड्कन लिई अाउला किन्तु मेरो हृदय बेखबर मासुम छ।झट्ट थामिदिन्छ।
जब चढेर स्वर्गीय यान म सवारमा निस्कन्छु,मेरो झिनो बहानमा घगडान अभिलाषा,अाशिर्वाद अनि दुवाले बास गर्दछन्।यही मेरा कलाप हुन्।मेरो सनीड कोही बस्यो,म पर हटेँ।जब अर्को प्रयास उसले गर्दछ,म पग्लिसकेको हुन्छु।यही मेरो कमजोरी हो।म अाँसुलाई नयनमा नाई मुटुमा सजाउन खोज्दछु।मेरा प्रयासका खिल्ली मलाई कहीँ अानन्दको मुहान दिन्छ।तब त म म हुँ।मेरा पञ्जालाई चलाऊ,कदमलाई चल्मलाऊ,मगज अनि हृदयका एक एक शब्दका बिचारलाई उजिल्याऊ।म जलेर जलि नै रहन्छु।म फुकिएर फुकि नै रहन्छु।म उजिल्याएर उजिल्याइ नै रहन्छु।ठीक भिन्न तिम्रा बिस्तृत जानकारी छन्।मेरा झुत्रा दन्ते लहरीमा हाँसोले धाग जमाउदछ।मेरा सहास उसलाई रोक्न नसकि एक धुन निकाल्दछ जसको पहुँच न मलाई भो न कसैलाई शिवाय एक।म मा उसको परिचय छैन।म मा उसको तारिफ छैन।म मा उसको गुणगान छैन।म मा छ त केवल निश्चल सम्मान छ।।म किन उहीँ छु।सकल भिन्न लाग्दछ।किन्तु म किन अभिन्न छु।म मा प्रश्न हैन जिज्ञासाका सुन्दर नगरी छन्।अाहा!त्यसैले त निराशामा नि खुस्बूको चमक छ ।
रश्मिलाई कसोरी हेर्छौ?मलाई रश्मिको वरदान छ।मेरो नसामा रश्मिको जडान छ।मान्छे जादू हो।जादूको मतलव सत्यलाई विदित छ।अरु सकल मत्लवी छन्।जब अाकारमा रचना टल्कन्छ म त्यसमा बोक्रेपन अनुभव गर्दछु।यो मेरो छैँटौ अङ्गको अाभाष हो।रचना त निस्वार्थ सत्यमा खाटीँ हिरा हुन्छ।त्यसलाई अाकारको फिकर नहोला।हिजोबाट अाजसम्मको सफरमा मैले देवकोटा,लेखनाथ,बालकृष्ण ,भानुभक्त अादि स्वर्णहरु गुमाएँ।मेरो हृदयको स्पन्दनको सिमा अपार भएको छ।कास म उनीहरुको संगममा मुस्कानमा लिपिन पाको भए।मलाई कीर्तिको फूर्ति नदेखाऊ।मलाई स्पर्शमा जादू मिलोस्,चन्दामा बोलावट र विचार मै दिवंगत मिलोस्।
