Skip to content


छोराछोरी बराबरी दुई आँखाका नानी
नेपालका सन्तान यी ममताका खानी

पौरखका पारदर्शी सिर्जनाका मुना
ज्योति छर्दै फर्केका छन् देशको कुना कुना

कर्तव्य र अधिकार तिमीलाई नै था’ छ
यो देशको सबै जिम्मा तिम्रै काँधमा आ’ छ

सेवक भई खटिएर जहाँ तिमी गए पनि
फर्की आउ सम्झिएर कर्मठ योद्धा बनी

अरनिको जस्तै बनी इँटा थप्दै जाउ
नेपालीको वीरगाथा जहिले पनि गाउ

तपस्याको दौरानमा गुड्दै जानुपर्छ
देशको माटो साँक्षी राखी कसम खानुपर्छ

राष्ट्रियता जोगाएर स्वाभिमानी बनी
छातीभित्र नक्सा कोर नेपाली हुँ भनी

विवेकले शीर उभे चन्द्रलोक छुन्छ
गौरवले सगरमाथा अझै उच्चो हुन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *