विद्रोहको ज्वालाभित्र जल्दैछ संसार यो
विश्वासको चूलीबाट ढल्दैछ संसार यो
शक्तिसाली हाईड्रोजन र नुक्लियरको प्रहारबाट
आगोको चिंगारीभित्र बल्दैछ संसार यो
आफ्नो स्वार्थ पुरा गर्न हजारौं निर्दोषलाई
आलो घाउमा नून खुर्सानी मल्दैछ संसार यो
मायाको कुण्डमा पनि घृणाको मुहान बनेपछि
पग्लिएर बिस्तारै अब गल्दैछ संसार यो
इन्साफको तराजुमा जोखिन छोडेर
हिंसाको बाटोमा आज चल्दैछ संसार यो
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन
हाल:-मरुभूमिको छाती दुबई
