जति हेर्यो हेरौ लाग्छ तिर्खा मेटिएन
मेरो मायालुलाई आज किन भेटिएन
भोलि भोलिभन्दा भन्दै जीवन बित्ने हो कि
भिरको चिन्डो जस्तै मेरो जीवन हुने हो कि ।।
मायालुलाई फेरि भेट्ने इच्छा जागेको छ
किन होला मेरो माया टाढै भागेको छ
भुलुँभन्दा भन्दै पनि मायै लागेको छ
कता कता मलाई किन शङ्का लागेको छ ।।
अँधेरोले ढाक्ने हो कि मेरो भोलिलाई
सुनिदिए हुने थियो मेरो बोलीलाई
कैले काहीँ किन होला डर मात्र लाग्छ
मायालुले छाड्ला भन्ने पिरै मात्र लाग्छ
राजै पिरै मात्र लाग्छ ।
सम्पादज्यूले पूरा लेख्नु भनेकोले मैले पुरा गरेकी छु ।
