रंगमञ्चमा
एउटा नाटक मंञ्चन हुदैछ
पात्रहरू जबर जस्त अभिनय गरिरहेछन
फरक फरक शैलीको अभिनय
तर कथा उही छ
पात्र पनि उही छन
दर्शक पनि उहिनै छन
र पनि रंगमञ्चको माहोल तातिरहेको छ
दर्शकहरू अभिनय पिच्छे ताली ठोकिरहेछन
दर्शक बुझेर तालि बजाइरहेछन
या नबुझी नबुझी तालि बजाइरहेछन
पात्र चिनेर हुन या नाटक बुझेर
प्रत्यक अंश नाटको मञ्चन हुदै जान्छ
दर्शकहरू तालि ठोकिरहेछन
तालिको आवजले पात्रहरू उत्साहित हुदै
झन जोड तोडले अभिनय प्रस्तुत गरिरहेछन ।
कथा मञ्चन हुदै गर्दा
पटक पटक पात्रको आवज दर्शकसम्म पुग्न पाउदैन
ध्वनि ब्यवस्थापनमा खटिएको प्राविधिक
पात्रहरू तर्फ बत्ती गएको ईशारा गर्छ
पात्र जोड तोडले बोलिरहन्छ
२४सै घण्टा विजुली आउनेछ,
अध्यारा बस्ती उज्यालो हुनेछ, खान बिद्युतमा,सवारी बिद्युतमा
सबै काम बिधतुबाट हुनेछ
उसको अभिनय पूर्ण निखारिएको जस्तो
अभिनय अभिनय नभै वास्तविकता जस्तो
दर्शकहरू पुन परररर तालि पिट्छन्
पात्रहरू एक पछि अर्को गरी,
प्रवेश गरिरहेछन मञ्चमा
र प्रस्तुत गरिरहेछन नाटक ।
नयाँ पात्र मञ्चमा प्रवेश गर्छ
बोल्छ नाटकका सम्बादहरू यो देश अब नयाँ बन्नेछ
यहा उद्योग कलकाराखानाहरू खुल्नेछन
औद्योगिक क्रान्ति हुने छ,सबैले रोजगार पाउने छन
युवा बिदेश जानु पर्नेछैन रोजगारका लागि
पात्र बोल्दै जान्छ पूर्ण निखारिएको अभिनय प्रस्तुत गर्दै
अगाडि नाटक हेर्दै गरेका
युवाहरू नदेखिने
साना साना बालबालिका
५० नाघेका अनुहार चाउरिएका मात्र देखिने
दर्शक दीर्घाबाट फेरि
परररररर ताली बज्छ
सायद अभिनय दुरुस्त अभिनय भएर होला ।
पात्रहरू एक पछि अर्को गर्दै्
प्रवेश गर्दै जान्छन
र बोल्दै जान्छन नाटकका सम्वाद
कोही कृषि क्रान्तिका कुरा गर्छन
किसानले अब दुख पाउने दिन गए
सिचाईको लागि गरा गरामा नहर पुग्ने छ
मल विउ सरकारले ब्यवस्था गर्ने छ
निर्वाहमुखी होइन कृषिलाई ब्यवसायी मुखी बनाइनेछ
किसानका दिन फिर्नेछन
दर्शक दीर्घामा रहेका दिनभर माटोमा पसीना बगाउदा पनि
बिहान बेलुका आधापेट खादै दिन बिताउन बाध्य
दर्शकहरू बढो उत्साहित हुदै
पररररर ताली पिटछन
पात्र झन नाटकका संवादहरू बोलिरहन्छ
अभिनयमा पुरै निखार ल्याउदै ।
पात्रहरू आउछन र बोल्छन एक पछि अर्को गर्दै
देश साच्चै नयाँ हुनेछ
नेपाल यूरोप अमेरीका,स्विजरल्याण्ड जस्तै विकसित बन्नेछ
बन्द हडताल सदाको लागि बन्द हुन्छ
लगानिको वातारवरण बन्छ,
विपन्न,पिछडिएका,गरिबको जीवन परिवर्तन हुन्छ
कोही गरीवको रेखा मुनिरहदैनन
पात्रहरू क्रमश बोल्दै जान्छ
औद्योगिक क्रान्ति,कृषिमा क्रान्ति
बिद्युतमा क्रान्ति
विकाशमा क्रान्ति हुनेछ
नेपाल साच्चै नयाँ नेपाल बन्नेछ
चाडै नयाँ नेपाल बन्नेछ
क्रमश यस्तै गरी पात्र अभिनय प्रस्तुत गरिरहेछ
रगंमञ्चमा
यस्तै यस्तै सम्बादरु प्रस्तुत गरिरहेकाछन
दर्शक दीर्घामा रहेर वर्षौ ं देखि यस्तै शब्द सुन्दै आइरहेका
दर्शक हँसिलो अनुहार बनाउदै,
परररररररररररर ताली पिटछन्
कस्तो राम्रो नाटक,कस्तो राम्रो अभिनय ।
रंगमञ्चमा यसैगरी पात्रहरूले
नयाँ नयाँ भाव भंगिमा प्रस्तुत गर्दै
बोलिमा कहिले कारुणिकता,कहिले हाँस्यासपद,कहिले दार्शनिकता
प्रस्तुत गर्दै,बर्र्षौैं देखि,उही नाटक
फरक फरक,ढङ्गबाट प्रस्तुत गरिरहेछन
दर्शक दीर्घमा रहेका,
दर्शकहरू
पररररर ताली पिटिरहेछन ।
