Skip to content

भयो एक सपना मलाई


भयो एक सपना मलाई आज राति
रुँदै थी कतै त्यो चिरी आफ्नु छाती
घुटुक्कै चल्यो बाडुली कल्पी कल्पी
मेरी मायालुले मलाई सम्झी होली ।।

बहाना बनाई लगाएर चोली
नपाएर शान्ति कतै भाग्दी होली
परीवारमा पिर्दी हो झर्कंदी हो
मलाई गरी कल्पना तड्पँदी हो ।।

कती रात भर् त्यो सुसाएर बस्तै
जलेको मुटु झन् जलाएर बस्ली
लिई हातमा त्यो कलम चिट्ठी लेख्न
मेरो नाम सम्झी टोलाएकी होली ।।

टँसाई मुटूमा लिई चित्र मेरो
बगाएर आँसु कती कल्पदी हो
नरोए म चाँडै फिरी आउने छु
ओभानो सिउँदो म रङ्गाउने छु ।।

२०३४ साल बैशाख, काठमाडौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *