Skip to content

कलिलो त्यो मनभित्र पस्छ


कलिलो त्यो मनभित्र पस्छ पिर कुन बाटो ?
मलिलो यो छातीभित्र बस्छ प्रेम जुन बाटो ?

पाखिएरै आँखा किन फुस्रो हुँदैन ?
दबिएरै भाका किन फुङ्ग उड्दैन ?
नजानेरै जाने मैले किन मायालाई ?
नपाएरै पाएँ मैले जब उनलाई ।

यात्रा हाम्रो साथसाथै किन हुँदैन ?
साथ लागि हामीसँग किन दुनियाँ रुँदैनँ ?
मुटुभित्र मुटु राख्छु, देऊ मुटु तिम्रो ?
दुई मुटु जोडौँ अब पारौँ एकै हाम्रो ।

(रचनाः २०६६ बैशाख १०)

Leave a Reply

Your email address will not be published. Required fields are marked *