Skip to content
BinayGautam


म र उनी
पहिले र अहिले
के फरक छ र ।

फरक छ केवल
रंग र वजनको,
शब्द र आवाजको,
पूर्ण र अपूर्णताको ।

म र उनी
पहिले उनको शब्दमा
मिठास थियो
अहिले मलिनता
पहिले मुस्कराहट
अहिले रोदन
पहिले हरियाली
अहिले मरुभूमि
पहिले कानून थियो
अहिले कानून स्खलित भएको छ ।

फरक के छ र भन्नु खै
पहिला देश र राज्य
दुवै थिए
अहिले नक्सा पनि
मेटिन थालेको छ
राष्र्टीयता पनि
खुलेआम बजारमा लिलाम हुदैछ
पहिला पाप र धर्मको फरक थियो
अहिले पाप नै धर्म भइसकेछ ।

म र उनी
पहिले र अहिले
के फरक छ र?
म सामन्य नागरिक
उनी असामन्य नागरिक ।

बिनय गौतम
टोरोन्टो

Leave a Reply

Your email address will not be published. Required fields are marked *