Skip to content


अमर सपूत शहिदको रगत सिञ्चित यो देश
तराई, पहाड, हिमाल अति सुसोभित यो देश ।।

अनेकतामा एकताको शान हाम्रो सहिष्णुताको
सयौँ जाति, भाषा, धर्म, संस्कृति मिश्रति यो देश ।।

प्राकृतिक विविधता देन हाम्रो सौन्दर्यको
अलङ्कृत विभूषण कला ललित यो देश ।।

मजदुर अनि किसानको श्रम र सिर्जना फुल्ने
परिश्रमी अग्रगामी जनताको जीत यो देश ।।

जन्मभूमि मातृभूमि स्वर्गादपि गरियसी
सबै नेपालीको आˆनै गौरवको गीत यो देश ।।

बुद्धको यो शान्तिक्षेत्र, सीताको सद्भाव भूमि
नेपालीको ढुकढुकी र प्रमोदको प्रीत यो देश ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *