Skip to content


केही समय उकालो बाटोमा आफैलाई ठेल्दै चढेपछि हामी डाँडाको भञ्ज्याँङमा आइपुग्यौँ। लाकुरीको बोटलाई प्रेमले स्पर्श गर्दै बहेको पवनले थकानलाई उडाँउदै थियो। भञ्ज्याङको कुनामा बगेको धाराको पानीले शरिरलाई चिसाए पछि भञ्ज्याङ्को चौतारीमा बिसायौँ आफ्नो भारी शरिरलाई। आँखा अगाडि पहाडहरू वसन्त रँग भरेर उभिएका थिए। सेता गिरीहरू झन चकमन्न देखिन्थे। उनी, औँला सोझ्याँउदै सेता गिरीहरू चिनाँउदै थिई। एकैछिनको दृष्टिपात पछि एक्कासि नजरहरू नजिकैको शुन्दर स्थलमा पर्यो। जुन पहाडको शिरैमा थियो। लगभग दशवटा जति गुराँसका बोटले घेरिएको स्थान, जहाँ फूलै फूलले रँगिएको थियो। साना बुट्यानहरूमा पालुवा पलाँउदै थिए भने अलि ठूला बोटहरूमा फूल फुलेका थिए, जसले झन मनमोहक देखिन्थ्यो।

मैले बिनम्र अनुरोध गरेँ, “हामी एकै छिन त्यहाँ गएर बिताउन सक्छौँ?”

“अवश्य” उनले खुसीसाथ जबाफ दिई र हात समाँउदै तान्दै त्यतैको बाटो लागिन। एकै झिमिकमा हामी त्यहाँ पुग्यौँ। पुष्पापालुवामा लुक्दै चराचुरुङ्गीहरू प्रेमका गीत गाउँदै थिए, कति चाहिं पहिलो पटक भेटेकोले होला चिनजान गर्दै थिए, कति प्रेमप्यास मेट्दै त कति यौवन साट्दै थिए। गुराँसको फेदैमुनि बस्यौँ। वसन्त ऋतु भएकोले हो वा सबै फूलहरूको यौवनले भरिएका शरिरसँग स्पर्श गर्दै हिँडेकाले हो, पवनहरू सुगन्धित भएर बहिरहेका थिए। तीनै चञ्चले तथा बैँसले भरिएका एक झोक्का पवनले हाम्रा यौवनले भरिएका फूलभन्दा पनि मोहक गालामा एक्कासि मोई खाएर कुदे, उन्लाई कस्तो अनुभति भयो, मलाई भने काउकुती लगाएर गयो।

ऊ एक विवाहित नारी। म अविवाहित अँझ कुमार केटा। उसको आफ्नै सँसार थियो। जीवन थियो। जिन्दगी थियो। धर्म थियो। प्रेम थियो, तिनै जीवनमाझ थियो एउटा अर्को जीवन, यौन जीवन। तिनै जीवनहरूलाई अँझ नजिकबाट जिउन र सुखखुसीले भर्न उनकी श्रीमान ठिक दूई वर्ष अघि मुग्लान छिरेका थिए। तिनै जीवनलाई पर्खदैमा टाढिएर तथा छुटिदै गएको महशुस भएपछि उन्ले मसँग मित्रता गाँसेकी थिई, एक्लोपनको नैरास्यतालाई अन्त्य गर्न। हाम्रो मित्रताले लगभग एक वर्ष पार गर्दै थियो। यो अबधिमाझ हामी एकअर्कामा धेरै नै घनिष्ठ भइसकेका थियौँ। हामीसँगै बजार जान्थ्यौँ,सँगै टाढाटाढासम्म घुम्न निस्कन्थ्यौँ।सँगै सिनेमा हेर्थ्यौँ। एकअर्कामा कुनै विशेष दिन बिना नै गिफ्ट साटासाट गर्थ्यौँ। कयौँ दुखहरू ऊ मेरै काखमा बिसाँउथिन्, म उनको काखमा। दिनभरि जसोसँगै हुन्थ्यौँ, छुटिएपछि पनि घन्टौँसम्म फोनमा कुरा भइरहन्थ्यो। कति चोटि त फोनमा बोल्दाबोल्दै बिहान भएकोसम्म चाल पाँउदैन थियौँ। यस्तो लाग्थ्यो, उन्लाई आफ्ना श्रीमानभन्दा पनि म प्यारो लाग्छ ।

जैबिक, मानासिक, शारिरिक, आर्थिक तथा सामाजिक रुपमा नै पनि म विवाह गर्न योग्य भइसकेको थिएँ। तर पनि विवाह गरिहाल्ने मानासिकता नभए ता पनि घरपरिवारका दबाबको कारण मेरो चाँडै विवाह हुँदै थियो। मैले केहीदिन अघि नै उनलाई यो कुरा बताइसकेको थिएँ र विवाहमा उपस्थितिका लागि अनुरोध समेत गरिसकेको थिएँ। त्यस दिन सुईकार स्वरुप टाउको हल्लाएकी थिई, अलि गह्रुङ्गो छाँटमा। हाम्रो यो भेट अन्तिम भेट थियो। हामी दुवै अलि दुखित थियौँ। म विवाह पछि लगतै क्यानडा जाने भएकोले पनि अब फेरि भेट हुने सम्भावना थिएन। तर पनि हाम्रो मित्रताले भने फोनमा निरन्तरता अवश्य पाउने नै थियो ।

नयाँ वर्ष, नयाँ साल। हामीले हिजै बजार गएर नयाँ वर्षका लागि किनमेल गरेका थियौँ। उन्कै योजना अनुसार हामी नयाँ वर्षको स्वागतका लागि ब्यस्त र रँगिन शहर छोडेर पहाडको कन्दरामा आएका थियौँ।

उनी अरुदिनभन्दा आज अलिक फरक देखिन्थिन्, देखेँ। थोरै दुखी पनि देखेँ थोरै चञ्चल त थोरै पागल जस्ती। बिस्तारै ऊ मेरो शरिरतिर टाँसिन खोज्दै थिई। म हट्न खोज्थेँ। तर झन ऊ थाहा नभए झैँ गर्थी। आज उनको व्यवहार सदाकोभन्दा अर्कै थियो। केहीसमयको स्पर्श पछि एक्कासि उनले अँगालो हालिन् र मेरो मुहारभरि चुम्न थाली। मलाई अचम्म लाग्दै थियो उनको व्यवहारमा। अनि शँका पनि। म जोडले मुहार छुटाँउदै बोलेँ-‘के गर्दैछौ तिमी? नाई मलाई यो व्यवहार सुईकार छैन। तिमी अरुको स्वास्नि। अरुको यौन। अरुकै प्रेम। हामी त केबल साथी, हाम्रो मित्रता……’ बोल्दा बोल्दै वाक्य पुरा नहुँदै उन्ले आफ्नो ओठजोड्ले मेरो ओठमा जोडिन् र जोडजोडले चुस्न थालिन्। म बिलिन् हुँदै गएँ, म गल्दै गएँ र अन्त्यमा उसैप्रति समर्पित भएँ ।

उठेर आफ्ना कुर्ता सलवार मिलाई। कपाल मिलाई। म आफ्ना कपडा मिलाएँ। लाग्यो मैले सँसारको ठूलो खेल हारेँ। हारेको खेलाडी झैँ निराशिदै उठेँ। भुँईमा कतै जीवनको सबैभन्दा ठूलोबस्तु खसे जस्तो लाग्यो। आफूलाई छामेर हेरेँ खाली खाली जस्तो लाग्यो। अघिमात्र हाँस्दै बसेका वरिपरिका सबै फूलहरू नियास्रा लाग्यो। बोटहरू झोक्राएका झैँ लाग्यो। सुगन्धित हावाहरू दुर्गन्ध बोकेर जबर्जस्ती बहे झैँ लाग्यो। माथि आकासमा हेरेँ, उदास लाग्यो। फर्केर निहुरिएँ, जमिन पनि उराठ लाग्यो। आँखा अगाडिका सबै बस्तु उस्तै लाग्यो, एकनासे कालो, श्यामश्वेत। अगाडि उनलाई हेरेँ, सन्तुष्टिले अघाएर खुसीले उभिरहे झैँ लाग्यो। ओठबाट प्रश्न सोध्ने आँटै आएन। बल गरी गरी अवाज निकालेँ, ‘किन यस्तो गर्यौ?’ ‘बास्तबमा म एक वर्ष अघि देखि नै यही चाहन्थेँ। श्रीमानको अनुपस्थितिमा उब्जिएका यिनै अभावको पुर्तीको लागि मैले तिमीसँग सम्बन्ध गाँसेकी हुँ। तर तिम्रो व्यवहार देखेर म निरास थिएँ र कहिल्य काँहि पछुताँउथेँ पनि। तर तिम्रो समझदारीको क्षमता र म प्रतिको प्रेम देखेर अन्य पुरुषमा सम्बन्ध जोड्न सकिन। म सोच्थेँ, एकदिन अवश्य तिमीले मेरो यो इच्छा पनि पुर्ती गर्नेछौ जसरी अन्यइच्छा पुरा गर्थ्यौ। तर एक वर्षसम्म पनि तिमीले ध्यान दिएनौ। आज हामी अन्तिम पटक भेट्दै थियौँ त्यसैले हाम्रो प्रेम र मित्रताको पूर्णताको लागि मैले यो अपनाएँ। मबाट गल्ती भएको भए क्षमा चाहन्छु, आखिर तिमीले पनि त आईमाईको …..पायौ….।

‘एक्कासि निद्रबाट म झल्यास बिँउझिएँ। यताउता हेरेँ। त्यहाँ कुनै बोट थिएनन्, कुनै फूलहरू थिएनन्। न त कुनै युवती नै थिई ।

चैत्र १, २०७२

Leave a Reply

Your email address will not be published. Required fields are marked *