कता जाने कहाँ पुग्ने होला यो बाटो
सोचिरहेछु बिसाएर झोला यो बाटो
सायद आफ्नै श्रद्धाञ्जलीको फूल तारेर
तर्दै जानु पर्छ धेरै खोला यो बाटो
जाँदा कतै यो घर जहान छाडेर यसरी
पछि लाग्छ कि तोपैको गोला यो बाटो
नफर्कने खोला जसरी म त बग्दिन
नबित्दै आउने छु दुई दिने चोला यो बाटो
सिख्रा रुखहरूमा मुजुरा पलाउने बेलामा
खेल्नेछ समयले होलीको लोला यो बाटो
