Skip to content

निष्ठुरी…..सारै निष्ठुरी

माया हो कि छायाँ हो
दो-बाटैमा बिलायो
बाचा कसम तोडेर
आज आर्कैकी भैदियो

निष्ठुरी…..सारै निष्ठुरी
भन्देउ दैव, किन बढेको हामि बिच यो दुरी?

उसको हरेक पल मसंगै बितोस उनि चाहन्थी
कतै मलाई नभेटे पागलझै रिसले बर्बराँउथी
अंगालोमा बाँधी आफुलाई कता कता हराउँथी

निष्ठुरी….सारै निष्ठुरी
भन्देउ दैव, केहि थियो कि उसको मज्बुरी?

कतै मेरो गरिबी पो तगारो भैदियो कि!
कसैले हाम्रो जात-भात मिल्दैन भन्दियो कि!
तर त्येस्ता कुनै मत-भेद राख्दिन् भन्थिन् उनि

निष्ठुरी….सारै निष्ठुरी
भन्देउ दैव, के थियो र म मा कम्जोरी?

माया हो कि छायाँ हो
दो-बाटैमा बिलायो
बाचा कसम तोडेर
आज आर्कैकी भैदियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *