Skip to content

रोजे सधैं बस तिमीलाई मैले


रोजिन केही जिन्दगीमा कहिले
रोजे सधैंं बस तिमीलाई मैले ।।

न चाहना मेरो जून छुने थियो
खोजे सधैंं बस तिमीलाई मैले ।।

तिमी कम्जोरी मेरो साहस तिमी नै
तिमी धर्म मेरो विश्वास तिमी नै ।।

गङ्गा झैं पवित्र छ मुस्कान तिम्रो
कुन तिर्थ जाउँ अब छोडेर मैले ।।

मन्दिर मस्जिद गुम्बा गएर
मागे सधैं बस तिमीलाई मैले ।।

रोजिन केही जिन्दगीमा कहिले
खोजे सधैंं बस तिमीलाई मैले ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *