Skip to content

लिपी बुझ्न नसकिने किताब हो जिन्दगी


लिपि बुझ्न नसकिने किताब हो जिन्दगी
बिना शुत्र सिक्नुपर्ने हिसाब हो जिन्दगी

जोगाउनु छ बासना, निस्सासिन नि सक्छ
काँडा बीच फुल्ने फूल गुलाब हो जिन्दगी

परिश्रमको पसिनाले रहरहरू पखालिन्छन्
पुग्दो छैन कसैलाई अभाव हो जिन्दगी

हरपल हाँसेर बाँच खुशी साटेर बाँच
बुझ ‘जुभामा’ मृत्युको प्रस्ताव हो जिन्दगी

Leave a Reply

Your email address will not be published. Required fields are marked *