बाँच्नै पनि मुस्किल भो जीवन अस्थिर देखें
जिन्दगीको गोरेटोमा जताततै भीर देखें
अभावहरू कतिकति व्यथाहरू अनगिन्ती
कसरी यो जुनी काट्ने पीर माथि पीर देखें
बाङ्गो हुन जानिएन सोझो बन्नु भूल होइन र
जताततै मतिर नै सोझिएका तीर देखें
थाकिसके पाइलाहरू रोकिन्छ कि यात्रा अब
मृत्युको त्यो दर्पणमा ‘जुभामा’को तस्वीर देखें
