ए कुम्भकर्ण सरकार !
अँझै सुत्न पुग्या छैन तँलाई ??
कि अर्को भुइँचालो आउनु पर्छ
तेरो निद्रा बिथोल्न !
कि मर्नु पर्छ
तेरै बाउ वा छोरा
राहतको रकम बाँड्न ?
कुनै दिन बारपाक जाऊ
र जस्ताको राप सहेर हेर
अनि थाहा हुन्छ तँलाई
कसरी बित्यो उसको एक वर्ष
गरिबको टाउकोमा त भगवानको हात हुन्छ
र दुःखमा पनि उनीहरू हाँस्न जान्छन्
तर तिम्रो टाउकोमा त गरिबको श्राप छ
तँ खुसीमा पनि हाँस्न सक्दिनस् ।
ए निकम्मा सरकार
अँझै तलाई लाज लागेको छैन ?
कि अर्को कृष्ण जन्मिनु पर्छ ?
तेरो शिर सुदर्शन चक्रले काट्न ।
कि ढल्नु पर्छ तिम्रै महल
र बन्नु पर्छ एकै चिहान
पुन: निर्माणकाे काम थाल्न ?
कि मर्नु पर्छ
तेरै बाउ वा छोरा
राहतको रकम बाँड्न ???
