दिनहुँ बेहुली झैं सजिएकी छिन् उनी
मोलमोलाई भई बेचिएकी छिन् उनी
रहर नहुँदा नहुँदै नि रातैपिच्छे
खाडीमा पैसासँग साटिएकी छिन् उनी
दिनभरको थकान मेट्ने मान्छेसँग
रातिमा बिना मात मात्तिएकी छिन् उनी
वर्षौदेखि दानवहरू बस्ने नर्कमा
हो यातना सहेर थुनिएकी छिन् उनी
दीपक पाण्डेय, बैतडी
9848895372

गजल मर्माहित छ तर यथार्तता
गजल मर्माहित छ तर यथार्तता भने अल्लि फरक छ आफैले आफैलाई किन्ने ग्राक हरू को तिब्रता बढेको भेटिन्छ याहॉं,हामी जस्ताई बाध्या भनेर बुझने गर्छौं,