Skip to content

शोषित पीडित गरिबका दर्द


शोषित पीडित गरिबका दर्द सुन्ने सरकार चाहियो
भत्केका गाउँबस्तीहरू कै सामुन्ने सरकार चाहियो

धेरै खपिन आँधी हुरी देशमा तुफान उठ्दा खेरी
नयन पुछी आमाको आँसु थुन्ने सरकार चाहियो

हत्या हिंसा अस्थिरताले खुसी लुट्यो मुहारबाट
निरसा हटाई विकासको मार्ग चुन्ने सरकार चाहियो

जरा गाडेकै छ समाजमा जातधर्म छुवाछुतले
बन्धन सारा तोडी नयाँ सोच गुन्ने सरकार चाहियो

हिमाली पहाडी मधेशी एकै दाजुभाइ हौं सबै हामी
सयौं फूल जोडी एकताको माला उन्ने सरकार चाहियो

कल्पना पौडेल ‘ जिज्ञासु ‘
गैडाकोट ४ नवलपरासी
हाल = इजरायल

2 thoughts on “शोषित पीडित गरिबका दर्द”

  1. राम्रो र भाँती मिलाएर
    राम्रो र भाँती मिलाएर लेखिएकाे विकासावदी दर्शनमा अाधारित गजल । यसका लागि बहिनी धन्यवादकी पात्र हुनुहुन्छ ।

  2. धन्यवाद होम दाजु !
    यति धेरै हौसला पूर्ण प्रतिक्रियाको लागि आदरणीय दाजु होम सुवेदी ज्यू प्रति सदैव आभारी रहनेछु धन्यवाद !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *