Skip to content


सत्य हेर्न छाडेका यी आँखाहरू
असल सुन्न छाडेका यी कानहरू
सुपथ हिँड्नै नसक्ने यी गोडाहरू
सुकाम गर्न नजान्ने यी हातहरू
सार्विक सोच्न नसक्ने मुटु
अब के काम भयो ?
जात हराए
बात हराए
इमान जमानका खात हराए,
सारथि हराए
सारसौँदा थिए सत्यांशहरू
सुदूर यात्राका
पार्थ हराए,
नाद बीचमा संगीतको
सेलो हरायो
गन्तव्य अगावै
कामको मेलो हरायो
अभिभावक ठानिएको
प्रजोजनपरक
उद्देश्यको ठेलो हरायो ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *