मन पराउँथे उनलाई तर भन्न सकिन
मैले उनलाई आफ्नो बनाउन सकिन
धेरै लाज,अँझ धेरै तिरस्कारको डर
गुलाबको गुच्छा दिन सकिन
मुस्कुराउँथिन उनी सधैं बाटो काट्दा
त्यसै गर्थे म हरदम उनकै यादमा
नशालु त्यो मुस्कानको अर्थ बुझ्न गाह्रो भो
माया हो कि मिथ्या छुट्टाउनै साह्रो भो ।
“मलाई मन पराउछ्यौ ?” म सोध्न सक्थे
तर उनी छेउ पुग्दा म लाटो हुन्थे
प्रेम पत्र कोरे,एकोहोरो प्रेममा चुर्लुम्मै डुबे म
प्रेम पत्र दिइहाल, हे पागलप्रेमी, साथीहरू भन्थे
बाँधिइन् उनी एकदिन कसैको बन्धनमा
अनि उसैको कसिलो आलिङ्गनमा
आहुति दिएँ मेरो प्रेम पत्र मण्डपकै अग्निमा
ऊँ नम:स्वाहा :
अनि उनको नजिक गई बोलेँ –विवाहको धेरै धेरै
शुभकामना !!!
डा.सबिन रानाभाट
चितवन मेडिकल कलेज
