Skip to content


त्यो दिलभरि म आफैलाई, भर्न पाए हुन्थ्यो
तिम्रै काखमा जिउन अनि, मर्न पाए हुन्थ्यो

महङ्गी, लोडसेडिङ र, अभाव छ यहाँ,
तिम्रै दिलको शहरमा, सर्न पाए हुन्थ्यो

सबैसबै छलकपट, गरी बाँच्छन् यहाँ,
निश्छल त्यो मनको भर, पर्न पाए हुन्थ्यो

कति तरेँ एक्लै मैले,बाटोघाटो, खोला
बाँकी बाटो तिमीसँगै, तर्न पाए हुन्थ्यो

यस्तो लाग्छ आजभोलि, किन किन मलाई
‘बाँचुन्जेली तिम्लाई माया, गर्न पाए हुन्थ्यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *