दोबाटोमा मलाई देख्दा, अरुको हात छुन्छौ तिमी
चुमेकै हो तीओठ मैले, के आज पराई हुन्छौ तिमी
भाग्यको खेल भन्दिन म, स्वार्थको खेल चल्यो यहाँ
हारेको खेल जितेँ भन्यौ, प्रेमको मन्जिल ढल्यो यहाँ
मन्जिल ढाली प्रीतको गगन, भन त कसरी छुन्छौ तिमी
चुमेकै हो ती ओठ मैले, के आज पराई हुन्छौ तिमी
जानेलाई बाटो बस्नेलाई माटो,नफर्की यता दूर जाऊ
म मर्न बरु, पिउला विष, तिमी बाँच्न सधैं अमृत खाऊ
कुल्चेर फूल पक्रेको बाटो, खै कुन्नि कहाँ पुग्छौ तिमी
बिर्सिन्छु भन्छु सम्झेर फेरी, यो मुटु भित्रै दुख्छौ तिमी
दोबाटोमा मलाई देख्दा, अरुको हात छुन्छौ तिमी
चुमेकै हो तीओठ मैले, के आज पराई हुन्छौ तिमी
–
बुद्धि मोक्तान
चाँगे -३ ताप्लेजुङ्
म्यारील्याण्ड अमेरिका
