Skip to content

सँगै जिउने मर्ने भन्थ्यौ



सँगै जिउने मर्ने भन्थ्यौ फुल्यौ उसैसित
रुझाएर परेली मेरो डुल्यौ उसैसित

के कमी थियो र त्यस्तो मेरो निश्चल मायामा
मेरो मुटु चुँडी आज घुल्यौ उसैसित

रगतको नाता पनि तोडीदिए तिम्रो लागि
चोटै चोट दिएर मलाई भूल्यौ उसै सित

बाँचे तिम्रै काख मरे तिम्रै साथ भन्नेले
बेरिएर अङ्गालोमा झुल्यौ उसैसित

तिम्रो लागि मेरो मन खुल्ला आकाश हुँदा
बनाएर घर न घाट खुल्यौ उसैसित

डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”

Leave a Reply

Your email address will not be published. Required fields are marked *