
सँगै जिउने मर्ने भन्थ्यौ फुल्यौ उसैसित
रुझाएर परेली मेरो डुल्यौ उसैसित
।
के कमी थियो र त्यस्तो मेरो निश्चल मायामा
मेरो मुटु चुँडी आज घुल्यौ उसैसित
।
रगतको नाता पनि तोडीदिए तिम्रो लागि
चोटै चोट दिएर मलाई भूल्यौ उसै सित
।
बाँचे तिम्रै काख मरे तिम्रै साथ भन्नेले
बेरिएर अङ्गालोमा झुल्यौ उसैसित
।
तिम्रो लागि मेरो मन खुल्ला आकाश हुँदा
बनाएर घर न घाट खुल्यौ उसैसित
।
डिल्ली प्रसाद खराल♥घायल♥
वीरेन्द्रनगर चितवन,
हाल:-मरुभूमिको छाती दुबई”
