जन्माउने आमालाई स्पर्श गर्न नपाउदै
पहिलो स्पर्श गर्ने डाक्टरको
प्रमाण पत्रै नक्कली
घर खेत बन्धक राख्दै
उनैलाई भगवान ठानी अस्पताल जाने
सबै बिरामी सक्कली ।
शिक्षकको प्रमाण पत्रै नक्कली
ऊबाट शिक्षित विधार्थी र अभिभावकले बुझाउने
रकम सक्कली ।
बजारमा पाइने खाधन्न र उपभोग्य
बस्तु सबै नक्कली
त्यस वस्तुको गुणस्तर नाप जाँच गर्न जाने
सरकारी विज्ञ सक्कली
तिनले सरकारलाई बुझाउने
प्रतिवेदन सबै नक्कली
तिनले व्यापारी र सरकारी भत्ताबाट प्राप्त गर्ने
पैसा सबै सक्कली ।
चुनाव नजिकिदै गर्दा जनताको घर दैलोमा
परैदेखि दुई हात जोड्दै आउने
नेताहरू सक्कली
चुनावको समाप्तीसँगै उनै नेता नक्कली ।
सक्कलीको खोजीमा भौतारिदा भौतारिदै
समाज र परिवेशले स्यवम आफू नक्कली ।
सम्बन्धित निकायमा आफू नक्कली भएको उजुरी गर्दा
उजुरीबहन गर्ने चाहि सक्कली कि नक्कली ?
