मेरो एकेक पलको मौनता बुझ्थ्यौ तिमी
आजकल त मेरो आर्तनाद पनि सुन्दिनौ ।
खैर म आज पनि मौन नै छु
फरक यत्ति हो हिजोको मौनतामा मन्द मुस्कान थियो,
खुशी थियो,सौहार्दता थियो
तर समय बेग्लै भैदियो
आजको मौनतामा चीत्कार मिसिएको छ
जुन मेरो निम्ति भारी परेको छ
स्लो प्वाईजन बनेर नसा नसामा बगेको छ ।
सुनेको थिएँ चिन्ताले चितामा पुर्याउँछ भनेर
आज महसुस गरिरहेछु
म त जिउँदै मरिरहेछु । ।
म स्वीकार्छु
हिजोको तिमी आजको तिमी हुनुमा सम्पूर्ण दोस मेरै हो
तिम्रो मनको सिंहासनमा अमूल्य फूल बनेर फूलेको म
एकाएक बिझाउने तिSखो काँडा बनिदिएँ
तिमीले सदा अमृतको लताकुञ्ज/लतिका देख्ने म
अचानक विषको कुण्ड बनिदिएँ ।
परिस्थतिले नसोचेको कुरा वास्तविकता भएपछि
म आँशु बनी झरिरहेछु
म त जिउँदै मरिरहेछु । ।
समयको खेल र यो नियतिको दोष एकैचोटि जु्ध्दा
हुने हार दैव नटार भने जस्तै कस्को के लाग्दो रहेछ र ??
यो कस्तो न्याय भयो?
फेरि हामी अज्नवी बनेका छौँ
भिन्नता छ त केवल
तिनै बिताएका तीता मिठा पलका साथमा
अनि बुनिएको त्यै मायाको साथमा ।
के गर्नु सरल जीवन हठाथ् जटिल बनेपछि
म हरेक पल हारिरहेछु
म त जिउदै मरिरहेछु ।
