माघी आयो भन्छन् राजै, सिरेटोले हानेको छ
घर छाडी बसेको छु, कुहिरोले छेकेको छ
लालाबाला पर्खिँदा छन् हाम्रो बाबा आउँछ भनी
ह्लोसार बित्यो, उभौँली नि बाटो हेरी दिन गनी
दसैँ तिहार, सिरूवामा रमाएर साथै बस्दा
चिहिलबिहील पार्यो होला ? विछोडमा आँसु खस्दा
गिटी फेर्छु, ढुङ्गा बोकी, धुलिएन साहूको रिन
शासन अद्लीबद्ली भए, झुल्किएन सफा दिन
गुँडैबीच बचेरालाई, छोडी हिँडे भाग्य खोज्न
चारो टिपी चुच्चोबाटै, बटुलेर खुसी रोज्न
माघी आयो भन्छन् राजै, सिरेटोले हानेको छ
घर छाडी बसेको छु, कुहिरोले छेकेको छ
पेशल आचार्य
महालक्ष्मी नपा –१०, टीकाथली, ललितपुर
हाल : मन्थली, रामेछाप
