भुईँचालोले घर लड्यो बिद्यालय ढल्यो।
गोठ बनाई आज सम्म जेन तेन चल्यो।
सङ्घ सस्थाको ताँति लाग्यो स्कुल बनाउन।
एसियाली बिकास बैँकले मलाई खबर गर्यो।
सर्भेगर्न आउँछु भनी आउने बाचा गर्यो।
जमिनको डाटा लियो सोधिखोजी गर्यो।
बाटोघाटो होटल सोध्यो आईहाल्ने भन्यो।
कतिबेला आउँछ भनी बाटो हेरी बसेँ।
बिद्यालय भबन बन्ने आस गरी बसेँ।
एडीबीको सर्भे टोली मन्थलीमा आछ।
जिशिकामा मिटिङ बसी फिर्ता भई गछ।
अन्तिमतिर थाहापाई भेट्न भनी गएँ।
गैसकेछन काठमाण्डौ उसै फर्की आएँ।
मन्थलीको वरिपरि डेरा जमाई बस्ने।
अवसर हेरी बेलाबेला कार्यालय पस्ने।
प्रअहरु जम्मा भई सर्भे गराएछन्।
बाह्र स्कुल बन्ने गरी सम्झौता भएछन्।
बाटो छैन जान भनी टोली रोकिएछ।
अर्कै संस्था गर्छ भनी नाम तोकिएछ।
जता जता सुगम हुन्छ त्यतै बनाउनु।
ठूला लाई ठूलै पार्नु भबन बनाउनु।
नलडेका भए पनि नयाँ बनाउनु।
झिना झाँक्रा यता फाल्नु ठूला त्यतै राख्नु।
एहि त हो नी समानता एकरुपता गर्नु।
